तपाईँ सुन्दै हुनुहुन्छः

इजरायल र हमास लडाकु समूहबीच युद्ध विराम

जेरुसलेम । इजरायल र हमास लडाकु बीच युद्ध विरामको भएको छ।

युद्ध विराम  शुक्रबारबाट सुरु भएकाे   बिबिसीले जनाएको छ ।

विगत ११ दिनदेखि इजरायल र हमास बीच  चलेको हिंसा र युद्धमा २३२ जना प्यालस्टाइनी र १२ इजरायली गरेर २४४ भन्दा बढीकाे मृत्यु भइसकेको छ ।

इजिप्टको मध्यस्थतामा गरिएको युद्ध विरामलाई इजरायल र हमास दुवैले स्वीकार गरेका छन् ।

प्यालस्टाइनी लडाकु समूहहरु  तथा इजरेलको सुरक्षा क्याबिनेटले युद्धविरामप्रति स्वीकृति जनाएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युद्ध विरामको घोषणालाई स्वागत गर्नुभएको छ । उहाँले दिगो शान्ति स्थापनाका लागि यो कदम एक अभूतपूर्व मौका भएको बताउनुभएको छ ।

११ दिनदेखि चलेको पछिल्लाे हिंसामा  इजरायलले गाजा पट्टीमा रहेकाे हमासको कार्यालय  रहेकाेका भवनहरुमा आक्रमण गरेको थियो भने हमासले दक्षिण इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको थियो ।

युद्ध विरामसँगै गाजामा विजयोत्सव मनाउन गोली चलाइएकाे आवाज आएका छन्। तर इजरेलतर्फबाट रकेट प्रहार रोकिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button