तपाईँ सुन्दै हुनुहुन्छः

 सुनसरीको इनरुवामा ९० बेडको आइसोलेसन तयार   

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा ९० बेडसहितको आइसोलेसन सञ्चालन भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि इनरुवा नगरपालिकाले प्रत्येक वडामा आइसोलेसन केन्द्र सञ्चालनको अभियानलाई तीव्र पारिरहेको  ५ वटा वडामा कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि अक्सिजन सहितको ९० बेडको आइसोलेसन सञ्चालन गरेको हो ।

नगर प्रमुख राजन मेहताका अनुसार इनरुवा नपा १ नम्बर वडाको रङ्गशाला कवर्ड हलमा १५ बेड, इनरुवा २ राजाजी रामजी माविमा २० बेड, इनरुवा ३ को सामुदायिक भवनमा १५ बेड, इनरुवा ४ को नयाँ वसपार्क भवनमा २० बेड र इनरुवा ५ को तोयानाथ नवर्दा खतिवडा बहुमुखी क्याम्पसमा २० मा गरी ९० बेडको आइसोलेसन संचालनमा ल्याइएको हो ।

इनरुवाका नागरिकलाई कोरोनाबाट बचाउनका लागि सबै खालको सहयोग गर्न तयार रहेको बताउनुहुँदै नगर प्रमुख मेहताले सङ्क्रमितहरूलाई औषधी सहितको प्याकेज वितरण र गम्भीर खालका बिरामीका लागि धरान र विराटनगरको कोभिड अस्पतालसँग उपचारका लागि समन्वय भइरहेको  बताउनुभयो ।

मेहताँले जोखिममा रहेका र संक्रमति बढी देखिएको वडा तथा टोलमा पीसिआर परीक्षण निःशुल्क रुपमा गर्ने गरी वडाहरूमा स्वाब सङ्कलनको काम पनि जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button