तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा तेस्रो पटक निषेधाज्ञा थप

रौतहट । रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आजदेखि तेस्रो पटक एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले ज्येष्ठ १३ गते सम्मको लागि तेस्रो पटक निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना सङ्क्रमितको दर बढ्दो क्रममा रहेकाले निषेधाज्ञा जारी गरिएको बताउनु भयो ।

रौतहटमा कोरोनाको सङ्क्रमणबाट हालसम्म ६४ जनाको मृत्यु भैसकेको छ । पछिल्लो समय रौतहटमा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १२८ जना निको भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । बिहीबारसम्ममा रौतहटमा ६९८ जना सक्रिय संक्रमितहरु रहेका छन् । रौतहटका ६६८ जना होम आइसोलेसनमा रहेका छन् भने  २६ जनाको सामान्य उपचार गराइ रहेको र ४ जना रौतहट जिल्ला बाहिर रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । रौतहटको १८ स्थानीय तहहरूमध्ये चन्द्रपुर नगरपालिकामा सबैभन्दा बडी ११३ जना कोरोना संक्रमित रहेको यादवले बताउनु भयो । हाल गौर अस्पतालमा १६ जना सहिद पार्कमा ८ जना , परोहा अस्पतालमा २ जना बिरामी उपचारार्थ भर्ना रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button