तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ ।  बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो  ।

बिपी कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सह सचिव समेत रहनुभएका युवा नेता कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालयमा पुगेर सुरक्षाकर्मीहरूलाई स्यानिटाइजर र माक्स वितरण गर्नुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button