तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा २ सङ्क्रमितको मृत्यु, २२९ जना थपिए

धनगढी । कैलालीमा आज थप २ जना कोरोना सङ्क्रमितको कारण मृत्यु भएको छ भने २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का ५५ वर्षीय पुरुष र शुक्लाफाटा नगरपालिकाकी ५२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।
यसै गरी सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १ सय ८८ जना र अन्य जिल्लाका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
हाल अस्पतालमा १ सय ८ जनाको उपचार भइरहेको र ४ जना संक्रमित निको भएर घर फर्किएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button