तपाईँ सुन्दै हुनुहुन्छः

झापामा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

भद्रपुर, झापा । झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कमल–३ सानो केर्खामा बिहीबार राति ९ः०० बजे प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा पैदल यात्री शिवसताक्षी नगरपालिका–१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।

ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button