तपाईँ सुन्दै हुनुहुन्छः

औषधी कालोबजारी गर्ने एक जना पक्राउ

सुनसरी । मोरङको विराटनगर महानगरपालिका–३ बाट औषधी कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् ।

सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका –३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्ने २२ वर्षीय रविन्द्र महतो औषधी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् ।

महतोले सिरहा बरियारपट्टी गाउँपालिका –३ का ४५ को राम नारायण मुखियालाई वैशाख २५गते देखि ३० गतेसम्म फार्मेसीमा औषधी बिक्री गर्दा दुई वटा खाता बनाई एउटा खातामा औषधीको वास्तविक मूल्य लेख्ने र अर्को खातामा बढी मूल्य लेख्ने तथा ग्राहकलाई त्यही बढी मूल्यको खाता देखाई औषधीको बढी मूल्य लिने गरेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले महतोलाई फार्मेसीबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको सम्बन्धमा मोरङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button