तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीहरूको लापरबाहीका कारण म्याराडोनाको निधन भएको रिपोर्ट सार्वजनिक

काठमाडौँ । अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको निधनमा स्वास्थ्यकर्मी दोषी पाइएको छ ।
म्यारोडोनाको निधनमा ७ स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनिस पत्रिका मार्काले जनाएको छ । म्यारोडोनाको निधनमा दोषी देखिएका स्वास्थ्यकर्मीमाथि मुद्दा समेत चलाइने भएको छ । अदालतले दोषी ठहर गरेका उनीहरूले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ ।
दोषी पाइएका स्वास्थ्यकर्मीहरू म्यारोडोनाको निधन अघि स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए । जसमा म्याराडोनाको शल्यक्रिया गरेका डाक्टरदेखि उनको घरमा काम गर्ने नर्ससम्म रहेका छन् ।
गत महिना चिकित्सकहरूको एक विशेषज्ञ टोलीले स्वास्थ्यकर्मीहरूको लापरबाही र हेलचेक्र्याइँकै कारण म्यारोडोनाको निधन भएको रिपोर्ट सार्वजनिक गरेको थियो ।
म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो । म्यारोडोनाको निधनपछि चिकित्सकको एक टोलीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button