तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर एक बालकको मृत्यु 

File photo
वैशाख । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ कुशहा स्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको आज (शुक्रवार) मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई राजविराज स्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि बाटोमा नै मृत्यु भइसेको अस्पतालका डाक्टरले पुष्टि गर्नुभयो ।
गाउँ नजिकै पोखरीमा नुहाउने क्रममा उहाँको डुबेर मृत्यु भएको सप्तरीका प्रहरीले प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button