तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी नेता पाण्डे माथि गोली हन्ने दुई जना पक्राऊ

कपिलवस्तु । माओवादीका जिल्ला नेता दिपक पाण्डे र अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ । पाण्डे र अख्तर मुसलमानलाई गोली हान्ने कपिलवस्तु नगरपालिका १ का आन्नदबाख बस्ने बर्ष ३९ का ओम प्रकाश यादव रहेका प्रहरीले जनाएको छ ।
उनले घाइते पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण अन्य प्रतिवादीहरुसंग मिली निज दिपक पाण्डेलाई गोली हानी हत्या गर्ने योजना बनाई लु १६ प ३४९७ को नम्बरको मोटरसाइकल आफैले चलाई प्रतिवादी वाड नं २ सगरटोल बस्ने बर्ष ३३ का साकीर अली पाखिया समेत सोही मोटर साइकलमा चढी गोली हानेको विशेष अनुसन्धान टोलीबाट पक्राउ पर्न सफल भएको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो ।
घटनको बारेमा थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button