तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य ३ सयले घट्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर कारोबार भए पनि शुक्रवार नेपाली बजारका लागि सुनको मूल्य ३ सय रुपैयाँ घटेर निर्धारण भएको छ ।

बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रवार ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिनका तुलनामा शुक्रवार सामान्य गिरावट आए पनि सुनको मूल्य एक सातामा तोलामा १७ सय रुपैयाँले बढेको छ ।

शुक्रवार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔंस १८७५.८० डलर र चाँदी प्रतिऔस २७.७६ डलरमा कारोबार भएको छ । बिहीबार सुन १८६८.१८ डलर र चाँदी  प्रतिऔस २८.४७ डलरमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button