तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु 

symbolic picture

सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहका ५८ वर्षीय पुरुषको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा आज मृत्यु भएको छ । सोही अस्पतालमा सप्तरीकै महादेवा गाउँपालिका १ का ७५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुवै जनाको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसै गरी सप्तरीको कञ्चनरुप नगरपालिका ८ कञ्चनपुरका २८ वर्षीय पुरुषको आज शुक्रवार बिहान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पताल धरानमा मृत्यु भएको छ ।

वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई जेष्ठ ६ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।

योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button