तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा शुक्रवार सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा भएको सुमो दुर्घटनामा सोही स्थानकी ८२ वर्षीया कान्छीमाया सिञ्जालीको मृत्यु भएको हो ।

भीमफेदी गाउँपालिका–७, कोगटेबाट भीमफेदी बजारमा बृद्धभत्ता लिन आएको ना १ ज १९१४ नम्बरको सुमो फर्किने क्रममा कोगटेमै दुर्घटना हुँदा सिञ्जालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अन्य २ गम्भीर घाइते भएका छन् भने ३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button