तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारलाई ‘ब्याक टु लाइफ’द्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश सरकारलाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड ७० लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाले प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक करोड ७० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
शनिवार प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सामग्री प्रदेशका मुख्यमन्त्री, डोरमणि पौडेललाई हस्तान्तरण गरेको हो ।
संस्थाले अक्सिजन कन्सेन्टेटर, हाई फ्रिक्वेन्सीको मोबाइल एकसरे, पिपिई, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।
संस्थाले अक्सिजन कन्सन्टेटर १८ थान, हाई फ्रिक्वेन्सीको मोबाइल एकसरे २ थान,पल्स अक्सो मिटर ६० थान, सिरिन्ज पम्प (syringe pumps), ईन्फेसन पम्प( infusion pump) ५/५ थान, पलढछ मास्क ६ हजार थान, सर्किजल मास्क एक लाख थान, फेशसिल्ड २७०० थान, पिपिई ११०० थान, मोनीटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरेको स्वकीय सचिव पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलगायतको सहभागिता थियो ।
जर्मनीको अन्तर्राष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।
हाल बागमती प्रदेशका अति विपन्न तामाङ र चेपाङ समुदाय रहेका चितवन र नुवाकोट जिल्लामा र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा कार्यरत छ ।
सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य सङ्कटको बेलामा ब्याक टु लाइफले सधैँ सक्दो राहत कार्यक्रमका साथ सहयोग गरिरहेको छ ।
विशेष गरेर सन् २०१५मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् बागमती प्रदेशका काठमाडौँ, ललितपुर, दोलखा, चितवन, धादिङ र नुवाकोटमा गरिएका राहत र पुनर्निर्माण कार्यहरू उल्लेखनीय छन् ।
यसै गरी गत वर्ष कोभिड–१९कै सङ्कटका बेला चितवनका विपन्न चेपाङ बस्तीमा खाद्य सामाग्री राहत वितरण गरेको स्मरणीय छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button