तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले बेलौरीद्वारा १६ वटा अक्सिजन सिलिन्डर सहयोग 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा कञ्चनपुरको बेलौरीमा ईशान मेमोरियल अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा नेकपा एमाले बेलौरीले अक्सिजन सिलिन्डर भरान गरी उपलब्ध गराएको छ ।
नेकपा एमाले बेलौरीको तर्फबाट ईशान मेमोरियल अस्पताललाई १६ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको नेकपा एमालेका नेता पल्लवराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ईशान मेमोरियल अस्पतालबाट नेकपा एमालेका नेता खेम सुवेदीको जिम्मेवारीमा नेपालगञ्ज लगिएका खाली अक्सिजन सिलिन्डर बाँके जिल्ला प्रशासनसँगको समन्वयमा भरान गरिएका हुन् । भरेर ल्याइएका अक्सिजन सिलिन्डरहरू शनिवार ईशान मेमोरियल अस्पताल बेलौरीलाई हस्तान्तरण गरिएको छ ।
उक्त कार्यका लागि आर्थिक तथा अन्य व्यवस्थापकीय सहयोग गर्ने बेलौरीका सबै नेता कार्यकर्ताहरूलाई नेकपा एमालेका नेता भट्टले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
त्यस्तै, कोभिडबाट सङ्क्रमित बिमारीहरूको उपचारमा सहजताका लागि अस्पताललाई अक्सिजन सहयोग गर्नु भएकोमा सबैलाई ईशान मेमोरियल अस्पतालका अध्यक्ष आई जङ्ग कुँवरले आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button