तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण 

झापा । झापाको गौरीगंज गाउँपालिका वडा नं. ३ ले अति विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीबाट प्रत्यक्षरुपमा मारमा परेका वडा भित्रका १ सय ५० जना अति विपन्न परिवारलाई सदस्य सङ्ख्या हेरेर खाद्यान्न वितरण गर्न लागेको हो ।
वडा नं. ३ का अध्यक्ष मखना महतोको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले राहत पाउने अति विपन्न परिवारको नामावली सङ्कलन गर्न सर्वदलीय समिति समेत गठन गरेको छ ।
उक्त समितिले आइतबारसम्म राहत पाउने विपन्न परिवारहरूको नाम सङ्कलन गरी सोही अनुसार घर घरमै खाद्यान्न पुर्‍याउने अध्यक्ष महतोले जानकारी गराउनुभयो ।
चार जान सम्मको विपन्न परिवारलाई १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ केजी तेल, ६ जनासम्मको परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ली. तेल, र ८ जना सम्मको परिवारलाई २० केजी चामल, २ केजी दाल, २ केजी नुन र २ ली. तेल वितरण गरिने छ ।
वैडकमा वडा सदस्यहरू हेमा आर्चाय, भवेश दास, सुम्नीदेवी पासवान र वडा सचिव अजय साहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button