तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको जोर्तेमा ट्रक दुर्घटना दुई जना घाइते

पाल्पा । तानसेन–तम्घास सडक खण्ड अन्तरगत रिब्दीकोट–२, जोर्तेमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शनिवार बिहान बुटवलबाट तम्घासतर्फ गइरहेको ना २ ख ९५८२ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा चितवन जिल्लाका अन्दाजी वर्ष ४५ का चालक हिरलाल चौधरी, र सोही जिल्लाका अन्दाजी २८ वर्षका सहचालक सिकाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button