तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठान कोभिड अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु 

सुनसरी । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार सप्तरीका एक पुरुष र सुनसरीकी एक महिला छिन् ।
मृत्यु भएका सप्तरीको अग्नीसाइर कृष्णासरवन २ का ४२ वर्षीय पुरुषको शुक्रवार हिजो दिउँसो साढे ४ बजे कोभिड अस्पतालमा मृत्यु भएको मिर्गौलाका बिरामी उनलाई जेठ ४ गते सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
यसै गरी इनरुवा ५ सुनसरीकी ७४ बर्षीया वृद्धाको पनि हिजो ५ बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
हाइपोथाइरोइडिज्मका बिरामी रहेकी वृद्धालाई जेठ ६ गते सङ्क्रमण पुष्टि भएको थियो भने शुक्रवार प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
दुवै शवको नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button