तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका क्षेत्रका ३ जना र गोदावरी नगरपालिकाका १ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ६५ वर्षीय पुरुष, वडा नंं। ८ का ५८ वर्षीय पुरुष, वडा नं। १२ का ४२ वर्षीय पुरुष र गोदावरी नगरपालिका ४ का ३५ वर्षीय पुरुष रहेका छन् ।

कैलालीमा ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि
कैलालीमा आज थप ५३८ जनाका कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ४ सय ५१ जना र अन्य जिल्लाका ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

हाल अस्पतालमा १ सय ३ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ८३ जनाको अक्सिजन सर्पोटमा उपचार भइरहेको छ । अस्पतालबाट थप १० जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button