तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ हजार ९ सय ८० जना संक्रमित, १ सय २९ जनाको मृत्यु

File Photo

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट आज थप ८ हजार ९ सय ८० जना संक्रमित भएका छन् ।

आज १९ हजार ३ सय ५७ नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५ सय ९१ जना तथा ७ सय ४८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३ सय जना ८९ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या ५ लाख नाघेको छ ।
आज थपिएको सङ्ख्यासहित हाल सम्म ५ लाख ५ हजार ६ सय ४३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको छ ।
यस्तै आज १ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।
नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको सङ्ख्या समेत गरी आज १ सय २९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ हजार १ सय ५३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button