तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा २ जनाको मृत्यु, १ सय ६७ जना नयाँ संक्रमित 

भैरहवा । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । १ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा २१ जना महिला, २८ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १५ जना महिला र ९ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
हाल सम्म रुपन्देही जिल्लामा १९ हजार २ सय ६६ जना निको भई घर फर्केका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या ३ सय ८८ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button