तपाईँ सुन्दै हुनुहुन्छः

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणः ५३८ जनामा संक्रमण पुष्टि

कैलाली । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ हजार १ नमूना परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा १६ जना र ८३ जना अक्सिजन सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १० जना कोरोनामुक्त भएका छन् भने थप ९ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button