तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासङ्घ, धनुषाका पूर्व सभापति आचार्यको निधन

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व सभापति माधव आचार्यको ८० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सरले पीडित रहनु भएका आचार्यको काठमाडौँ स्थित निवासमा निधन भएको हो ।
धनुषामा रहेर पाँच दशक लामो समयसम्म पत्रकारिता गर्नुभएका आचार्य जिल्लाबाट निरन्तर रुपमा प्रकाशित हुँदै आएको जनआकाङ्क्षा साप्ताहिकका सम्पादक एवं प्रकाशक हुनुहुन्थ्यो ।
नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्रको पक्षमा कमल चलाए बापत कैयन पटक जेलनेल भोग्नुभएका आचार्यलाई पछिल्लो क्यान्सरले च्यापेपछि देश तथा विदेशमा पनि उपचार गराए पनि निको नभएपछि चिकित्सकको परामर्शमा घरमा नै औषधि सेवन गर्दै उपचार गराई रहनुभएको थियो ।
महासङ्घ धनुषाका पूर्व सभापति आचार्यको निधन प्रति नेपाल पत्रकार महासङ्घ प्रादेशिक समितिका अध्यक्ष राजेश कर्ण तथा जिल्ला अध्यक्ष मनिका झाले श्रद्धाञ्जली अर्पण गर्दै अभिभावक गुमाएको जनाउनुभएको छ ।
स्वर्गीय आचार्यका श्रीमती र ३ छोराहरू रहेका छन् । उहाँको पशुपति आर्य घाटमा अन्तिम संस्कार गर्ने काम सम्पन्न भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button