तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १४ को मृत्यु, मृतकको सङ्ख्या ५०५ पुग्यो 

बाँके ।  कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा थप १४ जनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरी थप १४ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा खजुरा गाउँपालिका–२ बाँकेका ५३ वर्षीय पुरुष, राजापुर नगरपालिका–२ बर्दियाका ५० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१२ दाङका २८ वर्षीया महिला र त्रिवेणि गाउँपालिका–३ सल्यानका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै मेडिकल कलेजमा तुलसीपुर उपमहानगरपालिका–५ दाङका ६३ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५९ वर्षीय पुरुषले सङ्क्रमणकै कारण ज्यान मृत्यु भएको हो ।
यस्तै गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरूमा कोहलपुर नगरपालिका–१० का ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङका ५२ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–६ का ५२ वर्षीया महिला, भिमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष, जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष हुनुहुन्छ ।
त्यस्तै सङ्क्रमणकै कारण उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुष, मधुवन नगरपालिका– ७ बर्दियाका ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङका ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका २३२ जना र जिल्लाकै २७३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button