तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानमा अक्सिजन प्लान्ट र एचडियू किन्न ५ करोड बजेट

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई अक्सिजन प्लान्ट जडान र एचडियु थप्नका लागि अर्थ मन्त्रालयले ५ करोड बढीको सहमति दिएको छ ।
कोरोना रोकथाम तथा उपचारका लागि देशकै भरोसा केन्द्र बनेको कर्णाली प्रतिष्ठानलाई अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदका लागि अर्थ मन्त्रालयले ५ करोड १२ लाख ७० बजेटको सहमति दिएको हो ।
कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलको नियमित पहल र स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार अर्थ मन्त्रालयले कर्णाली प्रतिष्ठानलाई ५ करोड बढी बजेट स्वीकृति दिएको कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताउनुभयो ।
कर्णाली प्रतिष्ठान जुम्लासहित अर्थ मन्त्रालयले शुक्रवार देशभरका १३ वटा अस्पताललाई अक्सिजन प्लान्ट, एचडियु लगायत अन्य सामाग्री खरिदका लागि १६ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको हो ।
अर्थ मन्त्रालयबाट बजेट सहमति भइसकेकोले गर्दा कर्णाली प्रतिष्ठानमा अव छिट्टै थप अक्सिजन प्लान्ट तथा एचडियुको व्यवस्थापन हुने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
यसअघि अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले पाइप लाइनमार्फत नियमित रुपमा करिब ३०–३५ बेडमा अक्सिजन सप्लाई भइरहेको छ ।
जुम्लामा यस अघि २०७६ सालमा करिब २ करोड २० लाख खर्चेर अक्सिजन प्लान्ट मेसिन जडान गरिएको थियो । तर हाल बुस्टर खरिद प्रक्रियामै रहेको बत्तीको पनि अभाव रहेकोले लक्ष्य अनुसार अक्सिजन उत्पादन नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button