तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रादेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

सुनसरी । पूर्व राज्यमन्त्री तथा फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले कोशी प्रादेशिक अस्पताल विराटनगर मोरङलाई ९ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ ।
एमाले नेतृ भगवती चौधरीले कोशी प्रादेशिक अस्पतालका प्रशासन प्रमुख नवराज लुइँटेललाई ९ थान ठुला ४७ ली. वाला अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।
उहाँले अक्सिजन नपाइ कसैको मृत्यु भएको समाचार सुनेर सानो सहयोगबाट हातेमालो गरेको उल्लेख गर्नुभयो ।
अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा सङ्क्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको बताउनुभयो ।
फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले केही दिनअघि बिपी प्रतिष्ठान, धरानलाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button