तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त पक्राउ

बाँके । बाँके प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भई अदालतबाट ५ महिना कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी पक्राउ गरेको जनाएको छ ।
बाँके जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७७ पुस १ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका र हालसम्म फरार रहेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका २७ वर्षीय सदाव हलुवाईलाई आज पक्राउ गरेको हो ।
फरार हलुवाईलाई प्रहरी कार्यालय बाँकेबाट खटिएको स्पेसल टास्क फोर्स टिमले पक्राउ गरी आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ ।
बाँके प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक ओमबहादुर राना जिल्लामा हाजिर भएदेखि हालसम्म ५ सय ८० फरार अभियुक्तहरू पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button