तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप १७४ जनामा कोरोना पुष्टि, ११६ जना सङ्क्रमणमुक्त, 

मकवानपुर । मकवानपुरमा आज थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका १ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
योसँगै मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या ७ हजार ४ सय ५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ९४ र संस्थागत आइसोलेसनबाट २२ जना गरी थप १ सय १६ जना कोरोना सङ्क्रमणमुक्त भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा ५ जना सङ्क्रमितको मृत्यु भएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
जिल्लामा हाल २ हजार ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ३ सय ३५ जना होम आइसोलेसनमा र १ सय ९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button