तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा आधुनिक हतियारको म्यागजीन र गोली फेला

रोल्पा । रोल्पामा सुरक्षा निकायले शनिबार अपराह्न ठुलो परिमाणको  आधुनिक हतियारको म्यागजीन र गोली फेला पारेको  छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ३ रामपुरस्थीत सामुदायिक वन नजिकै रहेको बाँसको घारीझाङबाट प्लास्टिकमा पोको पारी बासको पातले ढाकेर लुकाई राखेको अवस्थामा ठुलो परिमाणमा अत्याधुनिक हतियारका म्याग्जिन र गोली भेटिएको हो ।
रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एसएमजीको  म्यागजीन २३ थान, एम १६ को म्यागजीन १ थान, एलएमजीको म्यागजीन १ थान बरामद भएको हो । त्यसैगरि एके ४७ को गोली ७ सय ५२ थान, ७ पोइन्ट ६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली फेला पारी नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा हतियार रहेको गोप्य सूचना दक्षिण  रोल्पाको दहबनमा रहेको  बटुक दलगुल्मसम्म पुगेको  नेपाली सेना रोल्पाले बताएको छ   ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार  बरामद गरिएका हतियार धेरै पुरानो नभएर नयाँ जस्तो देखिएको छ द्वन्द्वकालीन  हतियार हो होइन  कसरी आयो भन्ने बारे अनुसन्धानको क्रममै रहेको  सुबेदीले जानकारी गराउनु भयो ।

रोल्पामा पटक पटक ठुलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गएको वर्ष असोजमा  नेपाली सेनाले  ठुलो परिमाणमा हतियार फेला पारेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button