तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मुल्य तोलामा ३ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । शनिवार सुनको कारोबार नहुने भएकाले शुक्रबारकै मुल्यमा हिजोको मुल्य तोकिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३४५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button