तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु 

सल्यान । कोरोना भाइरसको सङ्क्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका रहेका छन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार छत्रेश्वरी गाउँपालिका–६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका–९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका–६ का ५८ वर्षीय पुरुष रहेका छन् ।
तीनै जनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो ।
आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button