तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा जनकपुरधामका युवा 

जनकपुरधाम । कोरोना सङ्क्रमणका कारणले जनकपुरधामको प्रादेशिक अस्पतालमा मृत्यु भएकाहरूको शवको व्यवस्थापनमा जनकपुरधामका केही मनकारी युवाहरूले लागेका छन् ।
परिवारको सदस्य नभएका मृतकका शव व्यवस्थापनमा युवाहरू सक्रिय भएका हुन ।
जनकपुरधामका युवाहरू राकेश विक्रम साह, शुशिल कर्ण, किसन मण्डल, कन्हैया दास र अजय अधिकारीले शव व्यवस्थापन सक्रिय भएका छन् ।
सुरक्षाका लागि आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजर, ग्लब्ज आदिको प्रयोग गरेर स्थानीय युवाहरूले शवको व्यवस्थापनमा लागेका छन् ।
नेपाली सेनाले पनि शवको व्यवस्थापन गर्दै आएको छ तर प्रमाण पुर्‍याउन नसक्नेको हकमा युवाहरूले शव व्यवस्थापनमा जुटेका छन् ।
यस कार्यलाई सबै तिरबाट प्रशंसा हुन थालेको छ । युवाहरू शव व्यवस्थापनका लागि तालिम प्राप्त नभए पनि जोखिम मोलेर देखाएको साहसलाई उच्च सम्मान गर्नु पर्दछ स्थानीय सञ्चारकर्मी घनश्याम मिश्रले बताउनुभयो ।
त्यस्तै युवाहरू शव व्यवस्थापनका लागि तालिम प्राप्त नभएकाले व्यवस्थापन गर्न जोखिम भए पनि जोखिम मोलेर भए पनि प्रादेशिक अस्पतालमा शवको व्यवस्थापन हुन नसकेको शवलाई व्यवस्थापन गर्न थालेको अगुवा शुशिल कर्णले जानकारी दिनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शव व्यवस्थापनको विषयका बारेमा आजै बैठक गरेर थप निर्णय लिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button