तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको मागसहित विपक्षी गठबन्धन सर्वोच्च जाँदै 

फाइल तस्बिर
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त  गर्नुपर्ने मागसहित विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले रिटको मस्यौदा तयार भइसकेको बताउनुहुँदै सर्वोच्चले बहुमत सङ्ख्याको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नु पर्ने बताउनुभयो र त्यसको लागि सांसदहरूको नागरिकता सहितको हस्ताक्षर सकल भइरहेको बताउनुभयो ।
नेता लेखकले सकारले गरेको संसद् विघटन खारेज गरी संसद् अधिवेशन आह्वान गर्नु पर्ने  विषय पनि रिटमा समेटिएको बताउनुभयो ।
नेता लेखकले नेपालको संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी शेरबहादुर देउवाको उम्मेदवारी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्रीको घोषणा गर्नुपर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button