तपाईँ सुन्दै हुनुहुन्छः

रेग्मी आयरल्याण्ड र माल्टा तथा खड्का स्लोभाकको राजदूतमा नियुक्त

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

त्यस्तै  राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै  जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैर आवासीय राजदूतमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button