तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको तिलावे नदी किनारमा शव फेला

बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी राम प्रताप पटेलको शव आज दिउँसो पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपरा गाउँको पूर्वपट्टि रहेको तिलावे नदी किनारमा फेला परेको छ ।

अन्दाजी ३० वर्षीय पटेलको शव फेला परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साका टोली समेत घटनास्थलमा पुगेको र घटनाको सूक्ष्म रुपमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button