तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा कोरोना सङ्क्रमणबाट हालसम्म ७५ जनाको मृत्यु 

रौतहट । कोरोना सङ्क्रमणबाट रौतहटमा हालसम्म ७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना सङ्क्रमितका ४ जना बिरामीको मृत्यु भएसँगै मर्नेको सङ्ख्या ७५ पुगेको हो ।
रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ६४ पुगेको छ भने १ सय ६३ जना निको भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
७ सय ५८ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ७ सय २७ जना होम आइसोलेसनमा रहेका छन् ।
उपचारको लागि गौर अस्पतालमा १७ जना, चन्द्रपुर–२ मा रहेको अस्थायी कोरोना अस्पतालमा ७ जना, परोहा अस्पतालमा २ जना भर्ना भएका छन् ।
कोरोना संक्रमण फैलन नदिन रौतहटमा तेस्रो पटक निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमण फैलन नदिन नागरिक सचेतना बढाइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button