तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा हालसम्म २ सय ३२ जनाले जिते कोरोना

पर्वत । पर्वतमा  हालसम्म २ सय ३२ जना दोस्रो लहरको कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म २ सय ३२ पुरुष र १ सय जना महिला कोरोनामुक्त भएका हुन् । आज मात्रै ७९ जना कोरोनामुक्त भएका छन् ।
धेरैजसो होम आइसोलेसनमा बसेरै सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ७९ रहेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने ३४ जना पुगेका छन् ।
कुस्मा नगरपालिका र जलजला गाउँपालिकामा संक्रमितहरु धेरै रहेका छन् । सबैभन्दा कम मोदी गाउँपालिका र पैयुँ गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button