तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर लामिछानेलाई बेलायत जान कठिन

file photo

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण दर उच्च भएपछि अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका छन् । यस्तैमा नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बेलायतमा हुने द हन्ड्रेड र टी–२० ब्लास्ट खेल्न जाने बाटो कठिन भएको छ ।

कोभिडका कारण नेपालमा संक्रमण र मृत्यु दर पनि बढेकाले बेलायत सरकारले नेपाललाई रेड लिस्टमा राखेको छ । यो लिस्टबाट बेलायत सरकारले नेपाललाई कहिले हटाउँछ त्यो पनि यकिन छैन । तर यसको कठिनाइ स्टार क्रिकेटर सन्दीप लामिछानेलाई परेको छ ।

टी २० ब्लास्ट र द हन्ड्रेडका लागि जाने तरखरमा रहेका बेला उडान बन्द हुँदा पर्ख र हेरको अवस्थामा बसिरहेका छन् । टी २० ब्लास्टमा सन्दीप वर्ष्टसर क्रिकेट क्लबमा अनुबन्ध भएका छन् । यस्तै द हन्ड्रेडमा सन्दीप इन्भिन्सिबलमा अनुबन्ध भएका छन् ।

टी २० ब्लास्ट जुन नौबाट सुरु भएर १८ सेप्टेम्बरमा सकिनेछ । यस्तै जुलाई २१ बाट पहिलो संस्करणको द हन्ड्रेड सुरु हुनेछ । सन्दीपको बेलायतको भिसा प्रक्रियामा रहेको छ । उनी यी प्रतियोगिताका लागि कहिले जाने भन्ने अझै यकिन नभएको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए ।

अहिलेको अवस्थामा फ्लाइट पनि बन्द भएको र बेलायत सरकारले नेपाललाई रेड लिस्टमा राखेकाले पनि अन्योल भएको बताए । उनले प्रयास जारी रहेको र अहिले यकिन भन्न सक्ने अवस्था नभएको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button