तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रवार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौ जना गम्भीर बिरामी भएका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो ।
जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठ जनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताउनुभयो । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाउनुभयो ।
जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रवार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताउनुभयो ।
च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दर श्याम जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button