तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञामै जुम्ली किसान ‘जौ’ भित्राउन व्यस्त

जुम्ला । दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच जुम्लाका  किसान हिउँदे बाली जौ भित्राउन व्यस्त छन् ।

जुम्लामा जौ भित्राए लगत्तै कालिमार्सी धान रोपाई सुरु हुने भएकाले पनि किसान धमाधम जौ काट्न व्यस्त भएका हुन् । जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठिचौर कनकासुन्दरीमा केही मार्सी फाँटमा आंशिक रोपाई सुरु भए पनि ९० प्रतिशत किसान जौ काट्न व्यस्त छन् ।  तर ९० प्रतिशत रोपाई भने जेठ महिनाको दोस्रो हप्ताबाट सुरु हुन्छ ।

जुम्लाका आठै स्थानीय तहमा जौ खेती हुने गरेको छ । सुगरका रोगीहरूका लागि जौ निकै उपयुक्त हुन भएता पनि अन्य बाली जौको महत्त्व छैन । तर पनि जौको  खेती भने अहिलेसम्म नघटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

जुम्लामै पहिलो मार्सी धान पहिलो खेती भएको तातोपानीको लाछु जिउलोमा जौ काट्न बाँकी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार तातोपानी क्षेत्रको अधिकांश जौ काट्न बाँकी छ  । तर सिमलो क्षेत्रतिरका खेतमा जौ काँटी रोपाई समेत भइरहेको छ ।

जुम्लाका १९ हजार घरधुरीका सबै किसान जौ खेती गर्छन् । तर, महत्त्व भने त्यति दिने गरेको देखिँदैन । कृषि विकास कार्यालयले जौ बालीको महत्त्व र आवश्यकताबारे गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button