तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा लाखौँको क्षति

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. १० रन्जितपुरमा आज दिउँसो आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।
स्थानीय भरत चौधरीको परालको टालबाट सुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको एक–एक वटा घर आगलागीमा नष्ट भएकी हुन् ।
आगलागीमा घर निर्माण गर्न रकम जम्मा पारेका बन्हु चौधरीको घरमा राखिएको करिब नगद रु ६ लाख समेत जलेर खरानी भएको पीडितले बताएका छन् ।
आगलागीमा १२५ सिसिको डिस्कोभर मोटरसाइकल समेत जलेको र आफ्नो घरको सम्पुर्ण सामग्री जलेर खरानी भएको शोभा कान्त चौधरीको भनाई छ ।
आगलागीमा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
आगो स्थानीयवासी, प्रहरी तथा राजविराज र हनुमान नगर कंकालिनि नगरपालिकाका वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button