तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली एयरलाइन्सहरूले स्वदेशी दुग्धजन्य पदार्थ उपयोग गर्ने

file photo

काठमाडौँ । नेपाली एयरलाइन्सहरूले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ–बटर, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले नेपाल वायुसेवा निगमसँगको छलफल गरेर दुग्ध तथा दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिए पछि त्यस्तो निर्णय भएको हो ।
नेपालमा एक अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन् । सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन अवस्थामा छन् । नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् ।
हवाईजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने भएकोले त्यस्तो पहल गरिएको दुग्ध विकास संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button