तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ११४ जनामा कोरोना संक्रमण,  ४५२ जना सङ्क्रमणमुक्त

बाँके । बाँके जिल्लाका तीन वटा प्रयोगशालामा ६७० नमुना परीक्षण गर्दा आइतबार थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा आइतबार ३६८ नमुना परीक्षण गर्दा २६५ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ११२ नमुना जाँच गर्दा ३६ जना र बागेश्वरी ल्याबमा १९० नमुना परीक्षण गर्दा ८९ जना गरी कुल ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरूमध्ये बाँकेका ११४ जना मात्र छन् । जिल्लाका ५० जना महिला र ६४ जना पुरुष गरी कुल ११४ जनामा संक्रमण पुष्टि भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
कुल ५८.२१ प्रतिशतमा संक्रमण पुष्टि हुँदा बाँकेका २९.२ प्रतिशत मात्र छन् । बाँकेमा आजसम्म ७५ हजार २०७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसैबिच संक्रमण मुक्त भएर आज थप ४५२ जना डिस्चार्ज भएका छन् । जिल्लाका २०३ जना महिला र २४९ जना पुरुष कोभिड सङ्क्रमणबाट निको भएका हुन् ।
सङ्क्रमणका कारण बाँकेका अस्पतालमा उपचारका क्रममा गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । आज मृत्यु भएकाहरू सबै उपचारका लागि बाहिर जिल्लाबाट आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button