तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाका ३ र दाङका २ जना कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु

बाँके ।  बाँकेका अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरूको उपचार भइरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीन जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरी थप पाँचजनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरूमा ठाकुरबाबा नगरपालिका–३ बर्दियाका ४१ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ७१ वर्षीय पुरुष, लमही नगरपालिका–४ दाङका ४३ वर्षीय पुरुष, बासगढी नगरपालिका–६ बर्दियाका ५५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५५ वर्षीय पुरुष हुनुहुन्छ ।
योसँगै जिल्लामा उपचारका लागि अन्य जिल्लाबाट आएका २४५ जनाको मृत्यु भएको छ । सङ्क्रमणकै कारण बाँकेका २७३ जनाको समेत हालसम्म मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button