तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार डा बानिरा गिरीको निधन

काठमाडौं । अग्रज साहित्यकार डा बानिरा गिरीको निधन भएको छ। डा गिरीको आइतवार राती १० बजे ७५ वर्षको उमेरमा निधन भएको हो।

२० दिनअघि कोरोना संक्रमण देखिएको भएपनि उहाँको निधन हृदयाघातका कारण भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

हृदयाघात लगत्तै आइतबार राति नै नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेको बताइएको छ । उहाँ विगत तीन वर्षदेखि अल्जाइमर्सले पीडित हुनुहुन्थ्यो ।

डा गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button