तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु 

बीरगंज । बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा आज थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा आज बिहान १०ः०० बजे बाराको गङ्गापुर वडा नम्बर ३ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
वैशाख ३१ गते कोरोना संक्रमित भई उपचारका लागी अस्पताल भर्ना भएका पुरुषको आज बिहान उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
यस्तै नारायणी अस्पतालमा उपचाररत सर्लाहीको सोलठी वडा नम्बर ३ निवासी ५२ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
जेठ ३ गते अस्पताल भर्ना भएका पुरुषको उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा.दासले जानकारी दिनुभयो ।
यसै गरी पर्साको बैरीयाभाठा वडा नम्बर २ निवासी ७० वर्षीय पुरुष र बाराका ४० वर्षीय पुरुषको गए राति उपचारको क्रममा मृत्यु भएको डा.दासले बताउनुभयो ।
त्यसै गरी बीरगंज महानगरपालिका वडा नम्बर ३२ निवासी ३५ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख ३० गते अस्पतालमा भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण फोक्सोले काम गर्न छाडेपछि मृत्यु भएको डा.दासले बताउनुभयो ।
कोरोना सङ्क्रमणको कारण पर्सा जिल्लाका मात्र १ सय ६३ जना र पर्सा जिल्ला बाहेक अन्य जिल्लाका १ सय ४६ जना गरी बीरगंजका विभिन्न अस्पतालमा ३ सय ९ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button