तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा ४३ जनामा कोरोना संक्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परीक्षणको क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा २४ जना पुरुष र १९ जना महिला रहेका छन् ।
संक्रमित मध्ये १९ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १२ जना, रौतहटका २ जना, सर्लाहीका ९  जना र धनुषाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ९ वर्षदेखि ७४ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १५ देखी ३५ दशमलव २ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।
विगत एक साता देखी बीरगंजमा कोरोना संक्रमण हुनेहरूको दर लगातार घट्दै गएको छ ।
यसै गरी नारायणी अस्पताल बीरगंजमा अहिले १ सय २ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको भेन्टिलेटरमा ६० जनाको आइसियुमा र ३५ जनाको एचडियु मा उपचार भइरहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button