तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटबाट जन्ती लिएर आएको बस दुर्घटना, १६ घाइते, ५ जनाको अवस्था गम्भीर

बीरगंज । बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुरसिमरा उपमहानगरपालिका –१६ को डकाहमा आज बिहान रौतहटबाट जन्ती लिएर आएको ना४ख ४७४९ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते मध्ये ५ जनाको अबस्था गम्भिर रहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल उपचारका लागि बीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र कलैया अस्पातालमा पठाइएको प्रवक्ता मिश्रले बताउनुभयो ।

दुर्घटनामा बसका सहचालक ३८ बर्षीय मुस्ताक खान, जन्ति आएका रौतहटको खतबैयाका १२ बर्षीय रियाजुल लहेरी, गौरिशंकर विश्वकर्मा, जाकिर लहेरी, आवास लहेरीको अवस्था गम्भिर रहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो ।

रौतहटको खतबैयाबाट सवा १०ः०० बजे जन्ती लिएर बिबाहका लागि बेहुलीको घरतर्फ आउँदै गरेको बस तिब्र गतिका कारण दुर्घटना भएको बसमा सवार जन्तीहरुले बताएका छन् ।

रौतहटको गुजरा नगरपालिका–६ खतबैयाटोलबाट जन्ती लिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ को बसडिलवास्थित बेहुलीको घरतर्फ जाँदै गरेको बस तिव्र गतिको कारण दुर्घटनामा परेको थियो ।

बसमा ३० जना जन्ति सवार रहेका थिए । बेहुला भने सानो गाडीमा रहेका कारण दुर्घटनाबाट बचेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button