तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी  । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पताल धरानमा उपचारको क्रममा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरलेले दिनुभएको जानकारी अनुसार आज बिहान ३ः५० बजे मोरङको सुन्दरहरैचा– १० का ७२ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
उनलाई ज्येष्ठ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको र सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थियो ।
यसै गरी गए राति ८ः३५ बजे धनकुटा–४ का ६४ वर्षीय पुरुषको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख २६ गते कोरोना पोजेटिभ पुष्टि भएका उनलाई आइतबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।
दुवै जनाको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button