तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारतको सीमा नाकामा थप कडाइ

जनकपुरधाम  । कोरोनाको महामारी भारतमा बढेपछि नेपाल भारतको सीमालाई पूर्ण रुपमा सिल गरेर प्रदेश नंं २ को तीन नाकाबाट स्वास्थ्य जाँचपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिइएको छ ।
भारतको विभिन्न राज्यमा कोरोनाका संक्रमण बढेको र संक्रमितहरु नेपाल प्रवेश गर्ने सम्भावनालाई दृष्टिगत गरेर सीमा नाका पूर्ण रुपमा ठप्प पारिइएको छ ।
खास गरेर विवाह, व्रतबन्ध जस्ता सामाजिक संस्कारहरूमा भाग लिनका लागि लुकी छिपी नेपाल प्रवेश गर्न थालेपछि कोरोना बढेको भन्दै सीमा नाकामा थप कडाइ गरिइएको हो ।
प्रदेश नंं २ को ४ सय ६४ किलोमिटर खुल्ला सिमाना रहेको छ । सिमानामा सशस्त्र प्रहरीले कडाइ गरेको छ ।
सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनका लागि सशस्त्र प्रहरीले ८ वटा गण, ७२ वटा वि ओ पी र ३२ अस्थायी सुरक्षा पोस्ट खडा गरेर सुरक्षा व्यवस्था कडा बनाउने काम भएको सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिनु भएको छ ।
अहिले सशस्त्र प्रहरीलाई २४औँ घण्टा सिमानामा निगरानीका गरिरहेको छ ।
रातिको समयमा कोही प्रवेश नगरोस् भन्नका लागि उच्च सुरक्षा सतर्कतासहित सिमानामा रात्रि गस्ती पनि बढाइएको छ ।
प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा कोरोनाका संक्रमण तीब गतिमा फैलिनुको प्रमुख कारणमा सीमा नाकाबाट विना स्वास्थ्य चेकजाँच प्रवेश गर्नु नै रहेको चिकित्सकहरूले दाबी गर्दै आएका छन् ।
नेपाल सरकारले प्रदेश नंं २ को पर्सा जिल्लाको वीरगन्ज, रौतहट जिल्लाको गौर तथा महोत्तरी जिल्लाको भिठामोड नाकाबाट सर्वसाधारण नेपालीका लागि प्रवेश गर्न दिइएको छ भने भारतीय नागरिकलाई प्रवेशमा पूर्ण रोक लगाइएको छ ।
परिचय खुल्ने प्रमाण पत्रको आधारमा स्वास्थ्य जाँच गरेर सम्बन्धित पालिकाले तयार पारेको क्वारेनटाइनमा १० दिन बस्ने सर्तमा नेपाली नागरिकलाई भने प्रवेश गर्न दिइएको पनि सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक गौतमले जानकारी दिनुभयो ।
प्रदेश नंं २ को सप्तरी, सिराहा, धनुषा, सर्लाही तथा बारा जिल्लामा कुनै पनि सीमा नाका खुल्ला रहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button